सल्यान। वनगाड कुपिण्डे नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिने भएको छ। नगरपालिकाको नवनिर्मित भवनबाट सेवा सुरु गर्नका लागि दुई दिन सार्वजनकि बिदा दिएको हो ।
नगरपालिकाको नवनिर्मित भवनमा सामान सार्न तथा व्यवस्थापनको लागि समय लाग्ने बताउँदै माघ २ र ३ गते बिदा दिने जनाएको हो । २ दिन कार्यालयबाट प्रदान गरिने सेवा बन्द रहने नगरपालिकाले जनाएको छ ।