काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ बढ्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.६२ रुपैयाँ रहँदा बिक्री दर १३३.२२ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.३२ रुपैयाँ र बिक्री दर १३२.९२ रुपैयाँ कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४४.४२ रुपैयाँ कायम भएको छ। बिक्री दर १४५.०७ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४४.८४ रुपैयाँ र बिक्री दर १४५.४९ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६७.५८ रुपैयाँ र बिक्री दर १६८.३४ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.४३ रुपैयाँ र बिक्री दर १६९.१९ रुपैयाँ थियो।