काठमाडौं। बिहीबार अमेरिकी डलर र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढ्दा युरोपियन युरो घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.७३ रुपैयाँ रहँदा बिक्री दर १३३.३३ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.६२ रुपैयाँ र बिक्री दर १३३.२२ रुपैयाँ कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४४.३५ रुपैयाँ कायम भएको छ। बिक्री दर १४५.०० रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४४.४२ रुपैयाँ र बिक्री दर १४५.०७ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.३८ रुपैयाँ र बिक्री दर १६९.१४ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६७.५८ रुपैयाँ र बिक्री दर १६८.३४ रुपैयाँ थियो।