काठमाडौं। भूकम्प प्रभावितको अवस्था अध्ययन तथा सुझाव संकलनपछि मात्रै भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणको ढाँचा तयार पारिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावितको अवस्था अध्ययन तथा सुझाव संकलनपछि मात्रै भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणको ढाँचा तयार पार्ने बताएको हो।
स्थलगत अध्ययन र सुझावका आधारमा पुनःनिर्माण अघि बढाइने र त्यसका लागि अहिले स्थलगत अनुगमन तथा सुझाव संकलन थालिएको प्राधिकरणले जनाएको छ। भूकम्प प्रभावित क्षेत्रमा पुगेर टोलीले अनुगमन तथा अध्ययन गर्न थालिसकेको छ। टोलीले आज रुकुमपश्चिम र आइतबार जाजरकोटमा पुगेर अन्तरक्रिया गरी सुझाव लिने बताइएको छ।