काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघमा कार्यरत उपनिर्देशक आशित अधिकारी र प्रशासकीय अधिकृत शुभेच्छा सिंह महासंघबाट बिदा भएका छन्। आइताबार महासंघ सचिवालयमा एक कार्यक्रमको आयोजना गरी दुवै जनालाई बिदाइ गरिएको हो।

महासंघले उपनिर्देशक अधिकारी र अधिकृत सिंह दुवैको योगदानको कदर गर्दै प्रशंसापत्र र मायाको चिनो समेत प्रदान गरेको छ। महासंघका अध्यक्ष रवि सिंहले दुवै जनालाई प्रशंसा पत्र हस्तान्तरण गरेका हुन्।

लामो समयदेखि महासंघमा आबद्ध भइ काम गरिरहेका अधिकारी र सिंह दुवै जनालाई ससम्मानका साथ महासंघबाट बिदाइ गरिएको छ।