धनगढी। धनगढीको मालपोत कार्यालयमा सोलार पावर जडान गरिएको छ। धनगढी उपमहानगरपालिकाले मालपोत कार्यालयमा सोलार पावर जडान गरेको हो।
उपमहानगरपालिकाले ९ लाख ९८ हजार रुपंयाँको लागतमा बिहिबार सोलार पावर जडान गरेको हो ।
विद्युतको समस्या हुँदा मालपोत सेवा लिन कैलालीका सबै स्थानीय तहका सेवाग्राहीलाई ३र४ दिनसम्म कुर्नुपर्ने समस्या थियो । सोलार पावर जडानसंगै मालपोत कार्यालयबाट दिने सेवा ठप्प रहने अवस्थाको अन्त्य हुने उपमहानगरले जनाएको छ ।