पोखरा। पोखरा महानगरपालिका ५ मालेपाटनमा पालिका स्तरीय कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको शिलन्यास गरिएको छ । आइतबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त भवनको शिलन्यास गरेका हुन्।
भवन ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर कार्यालय रुपन्देहीको रु.२ करोड ४७ लाख ७८ हजार लागतमा भवन निर्माण हुने बताएको छ। एक वर्ष भित्रमा निर्माण सम्पन्न हुने भवन निर्माणको जिम्मा एमएस बिकेओ आई विल्डर्स प्रा।ली काठमाण्डौले पाएको हो । शिलन्यास कार्यक्रममा वडा ५ सहित अन्यवडाका जनप्रतिनिहरुको पनि सहभागिता रहेको थियो ।