काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा संस्थापक सेयरको लकइन फागुन २३ गते सकिने भएको छ। सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै संस्थापक सेयरमा राखिएको लकइन अवधि फागुन २३ गते सकिन लागेको जानकारी दिएको हो।
लकइन सकिए पनि यसको संस्थापक सेयर साधारणमा परिवर्तन हुँदैन । संस्थापक संस्थापकबीच मात्रै किनबेच हुनेछ ।
संस्थापकको कुल १२ करोड ९६ लाख कित्ता सेयरमा लकइन सकिन लागेको क्यापिटलले जनाएको छ । यस कम्पनीको बजारमा कुल २१ करोड ६० लाख कित्ता सेयर सूचीकृत छ ।
निफ्रामा हाल सरकारको १० प्रतिशत संस्थापक सेयर छ । विभिन्न वाणिज्य बैंकहरुको २०.८९ प्रतिशत संस्थापक सेयर, जीवन र निर्जीवन बीमा कम्पनीहअरुको १८.९७ प्रतिशत तथा अन्य संघसंस्थाहरुको १०.१४ प्रतिशत संस्थापक सेयर छ । त्यस्तै सर्वसाधारणको ४० प्रतिशत सेयर हिस्सा छ ।