काठमाडौं। चेक बाउन्समा एक निर्माण व्यवसायी पक्राउ परेका छन् । उदयपुर त्रियुगा नगरपालिका–७ गाइघाट घर भई काठमाडौं महानगरपालिका–७ बस्ने राम्चे निर्माण सेवा सम्बद्ध ४० वर्षीय कल्याण खत्री पक्राउ परेका हुन् ।
खत्रीलाई काठमाडौंको रातो पुलबाट मंगलबार पक्राउ गरी त्यसै रात दिक्तेल ल्याएर बुधबार जिल्ला अदालत खोटाङमा ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
खत्रीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का युवराज बस्नेतलाई राष्ट्रिय वाणिज्य बैंकको रकम नभएको चेक दिएको भन्दै परेको उजुरीको आधारमा पक्राउ गरेको प्रहरीको भनाइ छ।
उनले गत भदौ ५ गते ४ लाख २० हजार रुपैयाँको चेक दिएको तर रकम निकाल्न जाँदा खातामा रकम नभएपछि उजुरी परेको थियो। कान्तिपुरबाट