दैलेख। दैलेखको नारायण नगरपालिका–१ स्थित बसपार्कमा यात्रु प्रतिक्षालय निर्माण गरिएको छ। सशस्त्र प्रहरी बल आश्रित गुल्म दैलेखले२३औँ सशस्त्र प्रहरीको दिवस अवसर पारेर निर्माण गरेको यात्रु प्रतिक्षालय नारायण नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
दैलेख बसपार्कसम्म दैनिक यात्रा गर्ने सयौं यात्रुलाई सहयोग हुने उद्देश्यले यात्रु प्रतिक्षालय निर्माण गरिएको सशस्त्र प्रहरी बल आश्रीत गुल्म दैलेखले जनाएको छ । सशस्त्र प्रहरी बल,नेपाल नं–६महेश्वरी बाहिनी सुर्खेत लगायत नं–६मातहतका कार्यालयको समन्वयमा १ लाख ५० हजार रुपैयाँ लागत यात्रु प्रतिक्षालयको निर्माण गरिएको छ ।
यात्रुलाई चहलपल गर्ने उदेश्यले यात्रु प्रतिक्षालय निर्माण गरिएको नारायण नगरपालिकाले जनाएको छ। नगरपालिकाले शिक्षा, स्वास्थ्य हरेक विकासका गतिविधिमा अगाडी बढेको समेत पालिकाको दाबी छ।
यस्तै यात्रु प्रतिक्षालयको उद्घाटान गर्दै नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले सशस्त्र प्रहरीले निर्माण गरेको यात्रु प्रतिक्षालयले आवतजावत गर्ने यात्रुलाई ठुलो सहयोग हुने बताए ।यो अत्यन्त राम्रो काम भएको भन्दै उनले धन्यवाद दिए ।