काठमाडौं। पुवा खेला-वान हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासन गर्नका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।
दुई कम्पनीबीच भएको सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक कदम केसी तथा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
कम्पनीले सर्वसाधारणका लागि प्रति शेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण शेयर निष्कासन गर्ने जनाएको छ । पुवाखोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा छ ।