काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भवन निर्माण व्यवसाय सुरु गरेको छ।
नुन, रासायनिक मल, एलपी ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्दै आएको कम्पनीले भवन निर्माण व्यवसायमा पनि हात हालेको हो ।
कर्पोरेसनले उपभोक्ताको चाहना अनुसार घर बनाइदिने तथा आफैँ जग्गा किनेर भवन बनाएर बिक्रीवितरण गर्ने काम पनि सुरु गरेको जनाएको छ।
कर्पोरेसनले नयाँ कम्पनी फ्युचर वर्कस् बिल्डिङ सोलुसन प्रालि स्थापना गरी नयाँ प्रविधिको घर निर्माण गरिदिने तथा आफैँ पनि घर निर्माण गरेर बेच्ने कार्य सुरु गरेको छ।