काठमाडौं। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात २५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
शेयर निष्कासनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी समझदारीपत्रमा दुवै कम्पनीले हस्ताक्षर गरेका छन।
अव कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती दिएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ।
कम्पनीले बाग्लुङमा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।