काठमाडौं। गुल्मी अस्पतालको अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदै खिया लाग्न सुरु गरेको छ। तम्घासस्थित गुल्मी अस्पतालमा जडानका लागि ल्याइएको अक्सिजन प्लान्टका विभिन्न सामग्रीहरुमा खिया लाग्न सुरु गरेका हुन्।
वर्षातको पानीले भिज्न पुग्दा अक्सिजन प्लान्ट जडानका लागि ल्याइएको सामग्रीमा खिया लागेको छ। अक्सिजन प्लान्ट राख्ने भवन गत भदौमा सम्पन्न हुनपर्नेमा अझैसम्म सम्पन्न हुन सकेको छैन। गुल्मी उद्योग वाणिज्य संघले आफ्नै लगानीमा अक्सिजन प्लान्ट राख्ने भवन बनाउने जिम्मा लिएको थियो। तर समयमै काम नसक्दा प्लान्टका मेसिनहरुमा खिया लाग्न थालेको हो।
लगभग डेढ करोडको लागतमा अस्पतालमा प्रत्यक दिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट स्थापना गर्न लागिएको हो। प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्लास्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ६० लाख संकलन गरिएको थियो।
अक्सिजन प्लान्ट जडानका लागि आएका सामग्री सुरक्षित तरिकाले राख्न नसक्दा खिया लाग्न सुरु गरेको हो।