रुकुमपश्चिम। भूकम्प गएको करिब तीन महिना पुग्नै लाग्दा रुकुमपश्चिममा १८ हजार ८६६ वटा टहरा (अस्थायी आवास) निर्माण भएका छन् । भूकम्पका कारण क्षति भएका करिब ३० हजार घरमध्ये १८ हजार बढी परिवारले टहरा निर्माण गरेका हुन् ।
आठबिसकोट नगरपालिकामा पाँच हजार ७८५ वटा, चौरजहारी नगरपालिकामा तीन हजार ९१५ वटा, मुसीकोट नगरपालिकामा ४९६, सानीभेरी गाउँपालिकामा पाँच हजार २४०, त्रिवेणी गाउँपालिकामा दुई हजार ४७५ र बाँफीकोट गाउँपालिकामा ९७३ वटा अस्थायी आवास निर्माण भएको बताइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, अहिले छ हजार ९७६ वटा टहरा निर्माणको चरणमा रहेका छन् । अस्थायी आवास निर्माणका लागि छ वटा स्थानीय तहमा रहेका स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा ७३ करोड ५१ लाख ५० हजार रुपियाँ पठाइसकिएको बताइएको छ।