घोडाघोडी। कैलालीमा रहेका असहाय, मानसिक रोगीका लागि भवन निर्माण हुने भएको छ । सडकमा अलपत्र परेका, मानसिक रोगी, असहायहरुलाई साहरा दिंदैआएको साहरा घर नामक संस्थाले सो भवन निर्माण गर्न लागेको हो ।
राष्ट्रिय योजना आयोगबाट एक करोड ५० लाख रुपियाँको योजना परेपछि भवनको शिलान्यास गरिएको छ। आयोगका वरिष्ट सदस्य डा। रामकुमार फुयालले शनिबार भवनको शिलान्यास गरेका छन्। सरकारले पहिलो पटक ठुलो योजना छुट्याएपछि सहारा घरलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहज हुनेभएको जनाइएको छ ।
स्थानीय बलबहादुर विष्टले २०७० देखि सञ्चालनमा ल्याएको साहरा घरमा हाल एक सय बढी मानसिक रोगी तथा असहाय बालबालिकाले आश्रय लिएका छन् ।