सल्यान। जिल्लाको दार्मा गाउँपालिकामा ९ सय ६० अस्थायी टहरा निर्माण भएका छन् । जाजरकोट भूकम्पबाट प्रभावितका लागि ९ सय ६० अस्थायी टहरा निर्माण गरिएको हो।
पीडितहरु आफैँले ६७० अस्थायी टहरा निर्माण गरेका छन् भने माओवादी केन्द्रका कार्यकर्ताले २६२ वटा टहरा निर्माण गरिदिएका हुन्। त्यस्तै, नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले १७, नेकपा समाजवादीले ३ र नेपाली सेनाले ४ वटा अस्थायी टहरा निर्माण गरिदिएका हुन् ।
गाउँपालिका क्षेत्रमा १ हजार १७९ घर बस्न नमिल्ने गरी भत्किएका थिए । तर अहिले भने लाभग्राहीको संख्या थपिएर २ हजार ३ सय पुगेको छ ।
त्यसमध्ये अहिलेसम्म ५२० ले अस्थायी टहरा निर्माणका लागि पहिलो किस्ताको २५ हजार रुपैयाँ पाएका छन् ।
भुकम्पले बस्नै नमिल्ने गरी घर क्षति भएपछि दार्माका १ हजार १ सय ७९ परिवार विस्थापित भएका र पछि १ हजार २ सय परिवार थपिएको पालिकाले जनाएको छ।