काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निक्षेपकर्तालाई दिने ब्याजदर घटाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएसँगै निफ्राले पनि घटाएको हो ।
कम्पनीले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर कायम गरिएको सार्वजनिक सूचनामार्फत जनाएको छ । अब निफ्राले ५ वर्षभन्दा बढी अवधिको निक्षेप खातामा व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ ६.७५ प्रतिशत ब्याज दिनेछ । हालसम्म व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत ब्याज दिँदै आएको थियो ।
निफ्राले कम्तीमा ५ वर्ष अवधिको निक्षेप मात्रै संकलन गर्दछ । त्यस्तै व्यक्तिले कम्तीमा १ करोड र संस्थाहरुले कम्तीमा ५ करोड रुपैयाँ निक्षेप जम्मा गर्नुपर्नेछ । निफ्राले सोभन्दा कम रकमको निक्षेप संकलन गर्दैन ।