काठमाडौं। अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको नाफा ४७ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार करअघिको खुद नाफा ८ करोड ३९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ५ करोड ६७ लाख रुपैयाँ थियो ।
कम्पनीको विद्युत् बिक्रीवापतको आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको ६ महिनामा विद्युत् बिक्रीबाट ४२ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यस अवधिमा यस्तो आम्दानी ४० करोड ८६ लाख रुपैयाँ थियो ।
प्लान्ट सञ्चालन खर्च भने बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा यस्तो खर्च ३ करोड ६५ लाख रुपैयाँ रहेकोमा अहिले ४ करोड ८ लाख पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २२ पैसा छ भने प्रतिसेयर नेटवर्थ ९९ रुपैयँ ८६ पैसा छ ।