गुल्मी। छत्रकोट गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको वडा नं ३ चोयगामा निर्माण गर्न लागेको प्रशासकिय भवनको बुधबार शिलन्यास भएको हो ।
२०८२ मंसिरमा निर्माण सम्पन्न गर्ने गरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न लागिएको पालिकाले जनाएको छ। सोको लागि अम्बे माँ बलदेव जेभी कम्पनीसँग ९ करोड ११ लाख ७९ रुपैयाँ लागतमा निर्माण गर्ने सम्झौता भएको हो।
पालिकाको जग्गासँग सामुदायिक वनको जग्गा सट्टा गरेर ६ रोपनीमा प्रशासकीय भवन निर्माण गर्न लागिएको गाउँपालिकाको भनाइ भ।
सो नयाँ भवन साढे तीन तलाको रहने छ । ३२ कोठा रहने भवन अपांग मैत्री र बालमैत्री रहने छ।