सर्लाही। लालबन्दी नगरपालिकाले नवनिर्मित इजलाश कक्षबाट सेवा सुरु गरेको छ । पुरानो भवनबाट सरेर नयाँ भवनबाट सेवा प्रारम्भ गरिएको हो।
पहिलो दिन ३ वटा मुद्दामाथि नयाँ इजलाश कक्षमा छलफल भएको नगरपालिकाले जनाएको छ। पहिलाको इजलाश असुरक्षित तथा साँघुरो भएको कारण समस्या थियो । तर नव निर्मित भवनबाट सेवा सुरु भएसँग प्रबाहमा समेत सहज भएको बताइएको छ।