काठमाडौं। शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र स्काई होल्डिङ बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा ‘कन्ट्रयाक्टर मिट’ सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्वमा स्काई होल्डिङका सल्लाहकार युवक राजभण्डारी र वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासपूर्वमन्त्री कृष्णलाल भडेल रहेका थिए ।
कार्यक्रममा शौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परीक्षण प्रविधि, वातावरणमैत्री प्राविधिक जानकारी र कम्पनीको व्यावसायिक उत्तरदायित्वका कामहरू सार्वजनिक गरिएको छ ।
कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायतले भक्तपुरका बासिन्दालाई सुपथ मूल्यमा सिमेन्ट उपलब्ध गराउन स्काई ग्रुपसँग साझेदारी गरिएको बताए ।
देशको आर्थिक संकटका कारण असहज अवस्था बनेको भन्दै उत्पादक कम्पनीले सहजीकरणको अपेक्षा गरेको व्यवसायीहरूको भनाइ छ ।