काठमाण्डौं। अघिल्लो सरकारको विधेयकमार्फत संशोधन गर्दा फलामे डन्डीको कच्चा पदार्थमा लगाइएको अन्तःशुल्ककका सम्बन्धमा दुई सस्थाले छुट्टा छुट्टै धारणा ब्यक्त गरेको छ। महासंघले औधोगिक कच्चा पदार्थमा भन्सार दर कम हुनुपर्ने कुरामा माग राखेको साथै स्पन्ज आइरनमा भन्सार दर कम गराएमा औधोगिकरणमा मद्धत पुग्ने छ।
अन्तःशुल्क थपिएको एमएस विलेट आयात गरी फलामे छड उत्पादन गर्दै आएको उधोगको उत्पादन बद्धि भई प्रतिपर्दा गर्न कठिन हुने भएको छ। त्यसैले महासंघले उत्पादन प्रक्रियामा पुरानै ब्यवस्था कायम गर्नको लागि अनुरोध गरेको छ। नयाँ बयवस्था निर्माणले सञ्चालनमा रहेको स्टिल उधोगलाई मर्का परेको छ।
भन्सारदरमा गरिएको परिवर्तनले बिलेट तथा स्पञ्ज र स्क्रापलाई कच्चा पदार्थको रुपमा प्रयोग गरि छड उत्पादन गर्ने उधोगहरुविच लागत र मुल्यविच अन्तर सिर्जना भएको छ। जसले गर्दा रोजगारी गुम्ने, उधोग बन्द हुने तथा बैङकको ऋण भुक्तानी गर्न समस्या सिर्जना हुन सक्छ।