सिन्धुलीमाढी। सिन्धुली जिल्लाको दुधौली नगरपालिका–५ सिर्थौलीमा नगर अस्पताल निर्माण गरिएको छ। १५ शय्याको नगर अस्पताल निर्माण गरिएको हो।
नवनिर्मित उक्त अस्पताल भवनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन गर्ने कार्यक्रम रहेकाे दुधौली नगरपालिकाले जनाएको छ।
सङ्घीय सरकारको भ्याटबाहेक करिब १६ करोड रुपियाँको लागतमा उक्त नगर अस्पतालको दुई तलाको नयाँ भवन निर्माण भएको बताइएको छ। उक्त अस्पतालको २०७७ मङ्सिर १५ गते शिलान्यास भई निर्माण सुरु गरिएको थियो।
जग्गा दाता र नगरपालिकाबाट खरिद गरेको समेत गरी नगर अस्पतालको जमिन करिब एक बिघा छ । नगर अस्पताल सिर्थौली तत्काल १५ शय्याको भए पनि विस्तार गरि २५ शय्या बनाउने योजना रहेका नगरपालिकाले जनाएको छ ।