हुम्ला। हुम्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाले सार्जवनिक जग्गामा निर्माण गरिएको घर–टहरा भत्काउने भएको छ। गाउँपालिकाको बजारउन्मोख क्षेत्रमा सार्वजनिक जग्गामा घरटहरा निर्माण गरिएको कारण त्यसलाई भत्काएर फराकिलो पार्न लागिएको हो।
२१ दिने सुचना जारी गरेर सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा भत्काउन पालिकाले आग्रह गरेको छ।
विशेष गरी वडा नम्बर २ को देउली बजार र आलुवाली विकास कार्यालय क्षेत्रको सरकारी जग्गामा ब्यक्तिले आफूखुसी घर बनाएको कारण ती घर तथा टहराहरु आफैं भत्काएर सहयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ।
त्यसैगरी गाउँपालिका केन्द्र पिप्लाङमा पनि सरकारी ऐलानी जग्गामा निर्माण गरिएका घरटहरा भत्काउनका लागि सुचना जारी गरिएको छ। यी तीन स्थानमा निर्माण गरिएका घरटहरासम्बन्धी ब्यक्तिले नभत्काए कानुनबमोजिम गाउँपालिका अगाडि बढ्ने सरकारी जग्गा खाली गराउने बताइएको छ।