विराटनगर। विराटनगरमा सुकुम्बासीको घर निर्माणमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमदान गरेका छन्। मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सुरु गरेको विराटनगर–१६ दरैयाका सुकुम्बासी शिव राईको घर निर्माण अभियानमा शुक्रबार मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् ।
आर्थिक अभावका कारण राईका तीन छोराछोरीसहित पाँच जनाको परिवार झुपडीमा बस्दै आएको थियो। उनका लागि शुक्रबार जस्तापाताले छाएको अस्थायी घर निर्माण भएको छ।
घर निर्माण सामग्री जीवन विकास लघुवित्त वित्तीय संस्था कटहरीले उपलब्ध गराएको थियो। घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बल, भाडावर्तन र खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका थिए।