दोलखा। शैलुङ गाउँपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा करिब साढे १७ प्रतिशत योजनाको फरफारक सम्पन्न गरेको छ । पालिकामा हालसम्म ४१ वटा योजनाको काम सम्पन्न भइ अन्तिम भुक्तानी भइसकेको हो।
समयमा नै काम सक्नका लागि वडा कार्यालयमार्फत उपभोक्ता समितिलाई प्रत्यक्ष अनुगमन तथा समन्वयको काम भइरहेको गाउँपालिका अध्यक्ष रिमल बाबु श्रेष्ठले बताए।
गाउँपालिकामा ८ वटा ठेक्का र १५३ उपभोक्ता समितिमार्फत हुने योजना रहेको पालिकाले जनाएको छ।
स्थानीय पुर्वाधार, खानेपानी, सामुदायिक भवन, मर्मत–सम्भार, र साना सिचाईका अधिकांश योजना निर्माणको क्रममा रहेको छ भने केही आयोजनाहरू सम्झौता हुनै बाँकी रहेको योजना शाखाले जनाएको छ ।