ताप्लेजुङ। ताप्लेजुङको सदरमुकाम फुङलिङमा आँखा उपचार केन्द्रको भवन निर्माण गरिएको छ। नेपाल नेत्रज्योति संघ डिचेन डोङगला आँखा उपचार केन्द्रको भवन निर्माण गरी हस्तान्तरण गरिएको हो ।
मेडिकल सर्पोट जर्मनीको सहयोगमा ९० लाख रुपैयाँको लागतमा निर्मित भवनको पूर्व मन्त्री एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले उद्धघाटन गरेका छन् ।
उनले नेत्रज्योति संघका उपसभापति खगेन्द्र अधिकारीलाई भवनको चाबी समेत हस्तान्तरण गरे। ताप्लेजुङ विकास मञ्चले एक वर्षको अवधि नहुँदै भवन निर्माण गरी हस्तान्तरण गर्न सफल भएको मञ्चका अध्यक्ष सन्तोष प्रसाईले बताए।
जर्मनीले मञ्चलाई कामको जिम्मेवारी दिएको थियो। सेवा निबृक्त जर्मनी चिकित्सक उसी मुन्सको नेतृत्वमा रहेको संस्थाले यसअघि जिल्ला अस्पताल ताप्लेजुङको भवन मर्मतमा सहयोग गरेको थियो ।