काठमाडौँ। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार परिसरमा निर्माणधीन संघीय संसद् भवनको आइतबार निरीक्षण गरेकी छीन्। निरीक्षणका क्रममा उनले तोकिएकै समयमा निर्माण सक्न निर्देशन दिएकी हुन्।
मन्त्री झाँक्रीले निर्माणमा कुनै समस्या भएमा मन्त्रालयबाट समाधान गर्न सकिने तर निर्माणमा ढिलाइ नगर्न समेत निर्देशन दिइन्। उनकै भनाई सहमति जनाउदै मन्त्रालयका सहसचिव दीलीपशेखर श्रेष्ठले भने, जनशक्ति अभाव भएमा थप गरेर भएपनि तोकिएकै समय अवधि भित्र निर्माण सम्पन्न हुनु पर्छ।
टुन्दी।सेक जेभीले ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँमा ठेक्का लिएको उक्त भवन २०७६ असोज १६ मा निर्माण सुरु भएको थियो हाल सम्मको भौतिक प्रगति जम्मा ३५ प्रतिशत छ।
विशेष भवन निर्माण आयोजना प्रमुख समेत रहेका सहसचिव श्रेष्ठले ७ सय जनशक्ति खटाउनेगरी निर्माण व्यवसायीसँग छलफल भइरहेको जानकारी दिए। उनका अनुसार १ सय ५१ रोपनी क्षेत्रफलमा ११ वटा ब्लक निर्माण हुनेछन्।