तनहुँ। व्यास नगरपालिका–१ स्थित डमौली टोल विकास संस्था र उज्ज्वल आमासमूहले भवन निर्माण कार्य सुरु गरेका छन् । देउसी भैलोबाट सङ्कलन भएको रकमबाट भवन निर्माण कार्य अघि बढाइएको हो ।
टोल विकास संस्था र आमासमूहको संयुक्त लगानीमा भवन निर्माण कार्य अघि बढाइएको हो। करिब रु २४ लाखमा चार आना जग्गा खरिद गरी अहिले ढलानको काम भइरहेको छ ।
गत वर्ष नगरपालिका कार्यालयबाट भवन निर्माणका लागि रु १० लाख आर्थिक सहयोग गरिएको थियो । आमासमूह र टोल विकास संस्थाको गरी भवन निर्माणमा रु ३२ लाख खर्च हुने देखिएको छ ।
एक सय १५ घर टोल विकास संस्था र आमासमूहमा आबद्ध छन् । भवन निर्माणका लागि प्रत्येक घरबाट न्यूनतम रु पाँच हजारका दरले रकम उठाइएको छ ।