काठमाडौं। मुगु जिल्लाका सदरमुकाम गमगढी नजिकै रहेको एक विद्यालयमा दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास निर्माण गरिएको छ। नेपाल राष्ट्रिय आधारभूत विद्यालय बाल मन्दिर चैनको विद्यालयमा दृष्टिविहीन विद्यार्थीहरूलाई मध्यनजर गर्दै छात्रावास भवन निर्माण गरिएको हो।
छात्रावास भवनको अभावमा विगत लामो समयदेखि दृष्टिविहीन विद्यार्थीहरू एउटा कोठामा असजिलो गरेर बस्न बाध्य भएका थिए। उनिहरुलाई बस्ने व्यवस्थासहित छात्रावास निर्माण भएपछि दृष्टिविहीन विद्यार्थीहरू खुशी भएका छन्। छायाँ नेपालको ६९ लाख १५ हजार दुई सय, छायानाथ रारा नगरपालिकाको २२ लाख ३२ हजार र हिरिष्डेक मुगुको ४ लाख ६२ हजार गरेर ९६ लाख ९ हजार सहयोगमा खाने बस्ने सुविधासहितको सुविधा सम्पन्न छात्रावास निर्माण गरिएको हो।
यसैगरी उनले दृष्टिविहीन विद्यार्थीहरूलाई पठनपाठन र बास बस्न असजिलो छ भन्ने कुरा विभिन्न निकायमा जानकारी गराएसँगै भवन निर्माणमा हातेमालो गरेर दृष्टिविहीन विद्यार्थीहरूका लागि छात्रावास भवन निर्माण गर्न सफल भएका र निर्माण सम्पन्न भएको छात्रावास भवन विद्यालयलाई हस्तान्तरण गरेको जानकारी दिएका छन्। शिक्षाको क्षेत्रमा नगरपालिकाले ठूलो लगानी गर्दै आएको र अबका दिनमा समस्यामा परेका दृष्टिविहीन विद्यार्थीहरूलाई मध्यनजर गरी काम गर्दै जाने नगरप्रमुखलेजानकारी िदएका छन्।
यसैगरी छायाँ नेपाल, छायानाथ रारा नगरपालिकाको आर्थिक सहयोग र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिष्डेक मुगुको सहजीकरणमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वडाको विद्यालयमा पनि भवन निर्माण गरिएको छ। उक्त स्थानमा ६६ लाख बराबरको दुई तले विद्यालय भवन निर्माण गरिएका हो। दुवै भवनको मंगलबार विधिवतरुपमा उद्धघाटन गरेर सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ।