उदयपुर। रौतामाई गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाले शनिबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वनको उद्घाटन गरेका हुन् ।
भवन सात करोड ८७ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । २०७७ साल असोज ११ मा सम्झौता गरी शिलान्यास निर्माण सुरु भएको भवन गत भदौ ११ गने सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतले जानकारी दिए।
वडा नम्बर २ भुट्टारमा निर्मित भवनमा २८ वटा कोठा रहेका छन् । अपांगमैत्री भवनमा लिफ्टको समेत व्यवस्था हुने बताइएको छ।
शनिबार नवनिर्मित प्रशासकीय भवनको उदघाटन भए पनि केही दिनपछि मात्रै सेवा प्रवाह हुने छ । नवनिर्मित भवनमा फर्निचरसँगै केही काम बाँकी रहेकोले आगामी १० दिन पछि सोही भवन मार्फत सेवा सञ्चालन हुने पालिकाले जनाएको छ।