काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ। काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामा डोजर चलाइएको हो।
महानगरपालिकाको प्रहरी टोलीले वडा कार्यालयको खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका १४ वटा अस्थायी घर टहरा भत्काइरहेको वडाले जनाएको छ।
वडामा रहेका अवैध संरचनाको अध्ययन भइरहेको र सोही रफ्तालमा हटाइने समेत वडा कार्यालयको चेतावनी छ ।