काठमाडौं। बुटबलमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ‘गार्डेन मार्ट’को नयाँ शाखा सञ्चालनमा ल्याएको छ। सहकारीले बुटबलको योगिकुटी चोकमा आफनो २३ औं सदस्य सेवा केन्द्रसँगै गार्डेन मार्ट सञ्चालनमा ल्याएको हो।
उक्त मार्ट सञ्चालनको शुभारम्भ लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालले गरे। मन्त्री हमालले यस्ता मार्टको सञ्चालनले स्थानीय उपभोक्तालाई धेरै फाइदा पुग्ने बताए।
बुटबलमा सञ्चालनमा आएको यो गार्डेन मार्टको १५ औं शाखा हो। यसअघि सहकारीले विभिन्न जिल्लामा मार्ट सञ्चालनमा ल्याएको छ। उक्त मार्टको मुख्य शाखा भक्तपुरको कौशलटारमा रहेको छ। स्थानीय उपभोक्तालाई सर्वसुलभ मुल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउनका साथै सहकारी मुलुकभर ६ सय ७५ जनालाई रोजगारीको अवसर समेत प्रदान गरेको छ।