काठमाडौं। रुरु जलविद्युत परियोजना लिमिटेडको चालू आवको दोस्रो त्रैमासिकसम्मको नाफा ५ करोड ८९ लाख भएको छ। कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार ५ करोड ८९ लाख नाफा कमाएको हो ।
यो नाफा गत आवको दोस्रो त्रैमाससको तुलनामा सामान्य घटेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू ५ करोड ९६ लाख थियो । विद्युत बिक्री आम्दानी सामान्य घटेका कारण कम्पनीको खुद नाफा पनि सामान्य घट्न पुगेको हो ।
कम्पनीले दोस्रो त्रैमाससम्ममा विद्युत विक्री बापत रू ९ करोड १३ लाख आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिमा रू ९ करोड १५ लाख थियो ।
चुक्ता पूँजी रू ४९ करोड ३३ लाख रहेको कम्पनीले जगेडामा रू २२ करोड भन्दा बढी सञ्चिती गरेको छ। दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९० पैसा, तरलता अनुपात ३ दशमलव ३९ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ६७ पैसा रहेको छ ।