काठमाडौं। बुधबार अमेरीकी डलरको भाउ स्थिर रहदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ घटेको छ।
आज १ अमेरीकी डलरको खरिद दर १३२.६० रुपैँया रहँदा बिक्री दर १३३.२० रुपैँया रहेको छ। मंगलबार पनि सोही दर कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४२.३३ रुपैयाँ कायम भएको छ। बिक्रि दर १४२.९८ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४२.६२ रुपैयाँ र बिक्रि दर १४३.२७ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६६.३९ रुपैयाँ र बिक्रि दर १६७.१४ रुपैयाँ रहेको छ। मंगलबार १ पाउण्डको खरिद दर १६६.९२ रुपैयाँ र बिक्रि दर १६७.६८ रुपैयाँ थियो।