परासी। पश्चिम नवलपरासीको दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको मर्मत तथा रङरोगन गर्ने काम सुरु भएको छ । नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा मर्मत र रंगरोगनको काम सुरु गरेको हो।
गत सोमबार एक कार्यक्रमकाबीच नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बल (एसएसबी)ले संयुक्तरुपमा स्तम्भ नम्बर ५ सय ७ बाट सीमा स्तम्भ मर्मतको काम सुरु गरेका हुन् ।
पश्चिम नवलपरासीमा नेपाल(भारत दशगजा क्षेत्रमा १६ वटा सीमा स्तम्भ रहेका छन् । जसमा १३ वटा मुख्य र ३ वटा सहायक स्तम्भ छन् । नेपालले बिजोर नम्बरको स्तम्भ मर्मत गर्ने छ भने भारतले जोर नम्बरको स्तम्भ मर्मत गर्नेछ ।
जिल्लामा ४१ किलोमटिर क्षेत्र भारतीय सीमानासँग जोडीएको भएपनि २७ किलोमिटरमा मात्र सीमा स्तम्भ रहेको छ ।