काठमाडौं। जलविद्युत् आयोजना बाढीले बगाएपछि बरुण हाइड्रोपावर कम्पनी नोक्सानमा छ। कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३ करोड ७३ लाख रुपैयाँ नोक्सानीमा देखिएको हो ।
कम्पनीले निर्माण गरेको हेवाखोला साना जलविद्युत् आयोजना गत असार २ गते बाढीले बगाएपछि कम्पनीको आम्दानी नहुँदा नोक्सानी भएको हो।
दोस्रो त्रैमासमा कम्पनीको बिक्री आम्दानी नै शून्य छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनी नोक्सानीमा गएसँगै वार्षिक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९४ पैसा ऋणात्मक छ ।