सुलीकोट। गोरखाको भीमसेन थापा गाउँपालिकाले सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ । गाउँपालिकाले सुविधा सम्पन्न अपाङ्गमैत्री भवन निर्माण गरेको हो ।
साँढे दुई तलाको सुविधा सम्पन्न भवनमा एक सभाहल सहित २० कोठा निर्माण गरिएको छ । प्रशासनिक भवन कुल तीन करोड ४० लाख ५२ हजार ७०६ रुपियाँ ८ पैसा बजेटमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
निर्माण भएको नयाँ प्रशासनिक साँढे दुई तले भवनमा एक बैठक कक्ष, सभा हल, गरी अन्य १८ वटा सहित गरी २० वटा कोठा छ । प्रशासकीय भवन वरिपरि ८० मिटरको मेसिनरी वाल, जेनेटर हाउस पनि बनाइएको छ । भवनको सबै काम सम्पन्न भइसकेकाले आगामी चैत्रबाट सबै सेवा नयाँ भवनबाट दिने गरी तयारी थालिएको छ ।
सुविधा सम्पन्न नयाँ प्रशासकीय भवनसँगै सेवा प्रवाह सहज हुने बताइएको छ।