खोटाङ। खोटाङको रावाबेसी गाउँपालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्न सुरु गरेको छ । करिब ५ करोड लागतमा उक्त भवन निर्माण सुरु गरेको हो।
सो भवनको पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले शिलान्यास गरेका हुन्। यसअघि गाउँपालिका ट्रस्ट भवन निर्माण गरेर सञ्चालन भइरहेको थियो । चार करोड ७६ लाख १६ हजार ७ सय ९० रुपियाँ ३६ पैसा लागतमा सुविधा सम्पन्न भवन निर्माण गर्न सुरु गरिएको हो। उक्त भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुने गाउँपालिकाले जनाएको छ ।
३० महिनामा सक्नेगरी एसई धुम एमकेएस जेभीले भवन निर्माणको जिम्मा लिएको छ । भवन निर्माणको लागि जेभीले गत असोज २१ गते सम्झौता गरेको थियो ।