धनगढी। कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीति अनुसार सो अस्पताल निर्माण गरिएको हो।
यस पालिकाको वडा नम्बर ५ बैजपुरमा १५ शय्याको अस्पताल निर्माण गर्न लागिएको हो । दुई वर्षमा काम सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो।
अस्पताल निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको बताइएको छ।
सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत भ्याटसहित १८ करोड ५२ लाख रुपियाँ रहेको छ।
अस्पताल निर्माणका लागि २०७९ असार २९ मा रोयल कन्स्ट्रक्सन जेभीसँग निर्माण ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ ।