लमजुङ। जिल्लाको दोर्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि शिलन्यास गरिएको छ । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बुधबार एक कार्यक्रमकाबीच भवन निर्माणका लागि शिलान्यास गरेका हुन् ।
गाउँपालिकाले भ्याटसहित ६ करोड ६० लाख ६४ हजार १ सय ५४ रुपैयाँ ९९ पैसामा भवन निर्माणका लागि सम्झौता गरेको छ । प्राविधिक र आर्थिक प्रस्तावमा सवै प्रक्रिया पूरा गरेर देवकोटा गणपति जेभीसँग २०८० माघ ०१ गते सम्झौता गरेको गाउँपालिकाले जनाएको छ । निर्माण व्यवसायीले २०८२ जेठ २५ गते भित्र भवन बनाइसक्ने गरी सम्झौता भएको हो ।
प्रशासकीय भवनमा राष्ट्रिय योजना आयोग र स्थानीय तहको ५०र५० प्रतिशत लगानी रहने गाउँपालिकाले जनाएको छ । जसमध्ये राष्ट्रिय योजना आयोगले ५० प्रतिशत,स्थानीय पूर्वाधार (डिओएलआई)ले १० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लगानी रहने छ ।