रुपन्देही। मर्चवारी गाउँपालिकाले विपन्न परिवारलाई आवास हस्तान्तरण गर्ने भएको छ। गाउँपालिकाले आवास निमार्ण भइसकेकोले विपन्न परिवार छनौट गरी आवास हस्तान्तरण गर्ने भएको हो।
गाउँपालिकाको वडा नं. १ देखि वडा नं. ९ सम्मका विपन्न परिवार पहिचान गरी आवास हस्तान्तरण गरिने बताइएको छ। गाउँपालिकाले विपन्न नागरिक आवास सञ्चालन कार्यविधी, २०७९ बमोजिम नौ वटा आवास निमार्ण भइसकेको हो।
गाउँपालिकाभित्रका विपन्न परिवार पहिचान गरी आवास हस्तान्तरण गर्ने गाउँपालिकाले जनाएको छ। आवेदनका आधारमा विपन्न घरपरिवार छनौट गरी ९ वटा आवास हस्तान्तरण गरिने छ।