रुपन्देही। मर्चवारी गाउँपालिकाले विपन्न परिवारलाई आवास हस्तान्तरण गर्ने भएको छ। गाउँपालिकाले आवास निमार्ण भइसकेकोले विपन्न परिवार छनौट गरी आवास हस्तान्तरण गर्ने भएको हो।
गाउँपालिकाको वडा नं. १ देखि वडा नं. ९ सम्मका विपन्न परिवार पहिचान गरी आवास हस्तान्तरण गरिने प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले जानकारी दिए । गाउँपालिकाले विपन्न नागरिक आवास सञ्चालन कार्यविधी, २०७९ बमोजिम नौ वटा आवास निमार्ण भइसकेको उनले बताए ।
गाउँपालिकाभित्रका विपन्न परिवार पहिचान गरी आवास हस्तान्तरण गर्ने अधिकृतले बताए । आवेदनका आधारमा विपन्न घरपरिवार छनौट गरी ९ वटा आवास हस्तान्तरण गरिने बताए ।