काठमाडौं । कृषि विकास बैंकले यस पटक सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकमा गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल हुँदा लाभांश वितरण नगर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
यस बैंकले गत आर्थिक वर्ष भने सेयरधनीलाई ११ प्रतिशत नगद तथा २ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा १ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिएको थियो । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४२ रुपैयाँ छ ।