काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दोधारा–चादँनीमा सुक्खा बन्दरगाह निर्माणको शिलान्यास चाँडै बताएका छन्। महेन्द्रनगरमा महाकाली बहुप्राविधिक शिक्षालयको तेस्रो वार्षिकोत्सव समारोहमा कांग्रेस नेता लेखकले दोधारा–चादँनीमा सुक्खा बन्दरगाह निर्माणको शिलान्यास आगामी एक–दुई महिनामा हुने बताएका हुन्।
नेता लेखकले नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाका निर्माणको काम क्रमिक रुपमा अघि बढेको जानकारी दिए।
उनले भने, “दोधारा–चादँनीमा सुक्खा बन्दरगाह निर्माणको शिलान्यास आगामी एक–दुई महिनामा हुन्छ । भारतले पनि सुक्खा बन्दरगाहसित जोड्ने काम गर्नेछ ।”
उनले महाकाली नदीमा चार ‘लेन’को पक्की पुल बनिसकेको बताउँदै महाकाली ‘करिडोर’को काम पनि प्रारम्भ भएको जानकारी दिए ।