धनगढी। कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कैलारी गाउँपालिकामावडा नम्बर ५ बैजपुरमा १५ शय्याको अस्पताल निर्माणको काम ८० प्रतिशत पूरा भएको हो।
अस्पतालमा हाल फिनिसिङको कार्य भइरहेको छ। सकेसम्म चैतभित्र हस्तान्तरण गरेर चालु आर्थिक वर्षको मसान्तबाट अस्पताल चलाउने पालिकाको लक्ष्य छ । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत भ्याटसहित १८ करोड ५२ लाख रुपियाँ रहेको छ ।
अस्पताल निर्माणका लागि २०७९ असार २९ मा रोयल कन्स्ट्रक्सन जेभीसँग निर्माण ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ ।