धनकुटा। धनकुटाको शहिदभूमी गाउँपालिका–२ मा स्वास्थ्य चौकी भवन निर्माणका लागि शिलान्यास गरिएको छ। वडा नम्बर २ को साम्बु गाउँमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको उपस्थितमा बिहीबार भवनको शिलान्यास गरेको हो ।
वडा कार्यालयमा पुरानो तथा जीर्ण भवनमार्फत सेवा सञ्चालन भइरहेकोउले स्वास्थ्य चौकी भवन निर्माण गर्न लागेको वडाध्यक्ष खगेन्द्र राईले बताए। भवन निर्माणको लागि चालु आर्थिक वर्षमा ७२ लाख ५२ हजार २४७ रुपैयाँ बजेट विनियोजन भएको छ।
बजेट कम भएकोले भवन निर्माण कार्य क्रमागत रुपमा हुने वडा कार्यालयले जनाएको छ।
गाउँपालिकाले सो भवन निर्माणको काठमाडौँको एमकेए निर्माण कम्पनीसँग सम्झौता गरेको छ । भवन निर्माण भएसँगै स्वास्थ्य सेवा सोहीमार्फत हुनेछ ।