काठमाडौं । काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ।
आइतबार दिउँसो करिब २ बजेतिर आगलागी भएको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ।
आगलागीबाट केही सामानहरूमा क्षति पुगेको छ। पूर्ण क्षति विवरण आइसकेको छैन।
आगलागी नियन्त्रणमा लिन पाँच वटा दमकल प्रयोग भएको छ। आगलागी कसरी भएको भन्ने खुलेको छैन।