दोलखा। दोलखाको गौरीशङ्कर गाउँपालिका—९ को उत्तरी दुर्गम सिमी गाउँमा नवनिर्मित स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरिएको छ। भवन निर्माण सम्पन्न गरि एक कार्यक्रमबिच हस्तान्तरण गरिएको हो।
गत २०७२ सालको भूकम्पपछि सो भवन निर्माण गरिएको हो । हस्तान्तरित भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापको तीन करोड लगानीमा दुई तले भवन निर्माण गरिएको हो । २०७८ साल आर्थिक वर्षबाट निर्माण सुरु भएको सो भवन २०७९ साल कात्तिकमा निर्माण सम्पन्न भएको हो ।
यो १० कोठाको दुई तले भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएसँगै यहाँका सिमी गाउँ, वेदिङ, नागाउँ र रिकुलगायतका स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाउन लागेका छन् ।